आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतको इन्डिगो विमान पाकिस्तानमा आपत्कालीन अवतरण

आइतबार, ०१ साउन २०७९, १२ : २८
आइतबार, ०१ साउन २०७९

भारतको इन्डिगो विमानमा प्राविधिक समस्या देखिएपछि पाकिस्तानको कराँची सहरमा आपत्कालीन अवतरण गरिएको छ । सो विमान यूएईको शारजाहदेखि हैदरावाद आइरहेको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार कराँची विमानस्थलमा विमानको जाँच भइरहेको छ । इन्डिगोले कराँचीमा दोस्रो विमान पठाउने तयारी गरिरहेको छ । पछिल्लो दुई हप्तामा कुनै भारतीय विमान समस्या आएर कराँचीमा ल्यान्डिङ गर्नुपरेको यो दोस्रो अवसर हो ।

यसअघि पाँच जुलाईमा स्पाइस जेटको विमानमा समस्या देखिएपछि कराँचीमा आपत्कालीन अवतरण गरिएको थियो । सो विमान नयाँ दिल्लीबाट दुबई गइरहेको थियो । गत १४ जुलाईमा इन्डिगोको विमान जयपुरमा आपत्कालीन अवतरण गरिएको थियो । त्यतिबेला इन्जिनमा भाइब्रेसनको समस्या देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप