शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चट्याङमा भेडा गुमाएका कृषकलाई राहत वितरण

आइतबार, ०१ साउन २०७९, १२ : १६
आइतबार, ०१ साउन २०७९

पातारासी गाउँपालिका वडा नम्बर ४ लुमका चट्याङमा परि भेडा गुमाएका  पाँच जना कृषकलाई राहत वितरण गरिएको छ।  कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा. लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्य, प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकहरुलाई राहत वितरण गरेका हुन् ।

कृषकहरुलाई कूल ५ लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ । यसमध्ये धर्मसिंह रिउले १ लाख ४४ हजार, सुक रिउले १ लाख ७६ हजार, मान बहादुर राेकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जाेरा राेकाया ८० हजार पाएका हुन् । प्रति भेडाको चार हजार दरले वितरण गरिएको पशु सेवा कार्यलय जुम्ला प्रमुख गाेविन्द बहादुर महतले बताए । 

गत असार १७ गते पातारासी वडा नम्बर ४ मा पर्ने बागजाले पाटनका चट्याङ परि पाँच जना कृषकका ८० वटा भेडा मरेका थिए भने ३ सय भेडा हराएका थिए। राहत वितरण गर्दै भूमि तथा कृषि सहकारी मन्त्रालयका सुर्खेतका सचिव दाहालले किसानले अनिवार्य बीमा गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप