बालाजुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, ०१ साउन २०७९, १२ : ११
काठमाडौं महानगरपालिका–१६ बालाजुमा बसले ठक्कर दिँदा गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिवार बा.५ ख २८७२ नम्बरको बसले बा.७० प ६१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक रोमन थापामगर गम्भिर घाइते भएका थिए ।
नागार्जुन नगरपालिका–१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगरको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागी त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान