बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

पुँजी बजारको विकासका लागि मर्जर आवश्यक छ : अध्यक्ष हमाल

आइतबार, ०१ साउन २०७९, १२ : ००
आइतबार, ०१ साउन २०७९

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारको स्थायित्व तथा  विकासका लागि पनि सूचीकृत कम्पनीहरूबीच मर्जर आवश्यक रहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै हमालले यस्तो बताएका हुन् ।

कम पुँजी भएका र क्षमता वृद्धि गर्नुपर्ने कम्पनीहरुले प्राप्ति वा मर्जरमा जानुपर्ने र बीमा क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ छ । तर, मर्जर तथा प्राप्तिमा जाने कम्पनीको लामो समयसम्म सेयर कारोबार रोक्का हुने विषय भने उचित नभएको भन्दै यसलाई संशोधन गर्न आवश्यक रहेको उनले  बताए । यसका लागि धितोपत्र बोर्डले  सम्बन्धित निकायहरुसँग छलफल शुरु गरिएको समेत उनले बताए ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सले साउन १ गतेदेखि हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको नाममा एकीकृत कारोबारको घोषणा गरेकोमा बीमा समितिले मर्जरको प्रमाणपत्र प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप