शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

आइतबार, ०१ साउन २०७९, ११ : ५६
आइतबार, ०१ साउन २०७९

काठमाडौँको बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा.७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका-१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप