नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’
१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।
फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले बताए । अन्य केही देशमा समेत छिट्टै टुङ्गो लाग्ने उनको भनाई रहेको छ ।
दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।
शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा बनेको फिल्ममा मध्यम वर्गीय विभेदको कुरा पनि उठाइएको छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा