शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गाडी आयातमा थप कडाइ, १५० सीसी माथिका मोटरसाइकल पूर्ण प्रतिवन्ध

आइतबार, ०१ साउन २०७९, ११ : ३६
आइतबार, ०१ साउन २०७९

अटोमोबाइल आयातमा सरकार थप कठोर बनेको छ । गाडी आयातमा यसअघिको नीतिमा थप कडाइ गर्दै सरकारले साउन १ गते देखि १५० सीसी इन्जिन क्षमता भन्दा माथिका मोटरसाइकल आयातमा पूर्ण  प्रतिवन्ध लगाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै सरकारले १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिवन्ध लगाएको हो । यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।

यस्तै, सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको एलसी  प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ । गाडीको साथै सबै किसिमका कुरकुरे, कुर्मुरे जस्ता खाद्यवस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सुर्तीजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको छ । तीब्र आयातसँगै बढेको व्यापार घाटा कम गर्न र विदेशी मुद्रामा परेको चापलाई सन्तुलनमा राख्न सरकारले यस्तो नीति लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप