घोराही सिमेन्टको प्रिमियममा सेयर निस्कासनका निम्ति सम्झौता
आइतबार, ०१ साउन २०७९, ११ : ३३
घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडको ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि एक सम्झौता भएको छ । हिमालयन क्यापिटल लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँगको संयुक्त सहकार्यमा घोराही सिमेन्टको सेयर निष्काशन तथा बिक्री प्रवर्द्धनसम्बन्धी सम्झौता गरेको हो ।
एक समारोहकाबीच हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
२०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्टले नवीनतम प्रविधि प्रयोग गरि दाङमा सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा बन्यो वर्षा र जोयसको ‘हिउँको गीत’
-
सिंहदरबारमा विपक्षी दलको बैठक जारी
-
‘मधुशाला गीत गजल’मा राजनराज र मिलनको साङ्गीतिक प्रस्तुति हुने
-
कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित
-
पुस मसान्तको एनपीएल दबाबलाई कम गर्नेगरी बैंकहरुलाई राष्ट्र बैंकको राहत
-
ओखलढुङ्गा पत्रकार समाज विधिवत् दर्ता