न्युजील्याण्डको आवासीय भिसा प्राप्त गर्नेमा नेपालीहरु १२ औं स्थानमा
आइतबार, ०१ साउन २०७९, ११ : २२
न्युजील्याण्डको आवासीय भिसा प्राप्त गर्नेमा नेपालीहरु १२ औं स्थानमा रहेका छन् । न्युजील्याण्ड सरकारको अध्यागमन विभागमा संकलित तथ्यांक अनुसार सन् २०२१ जुलाई देखि २०२२ जुनसम्मको अवधिमा ११७९ जना नेपालीले आवासीय भिसा प्राप्त गरेका हुन् ।
यो बीचमा १४३ देशका नागरिकहरु मध्ये ८६ हजार १६० जनाले न्युजील्याण्डको आवासीय भिसा प्राप्त गरेका छन् । जसमा आवासीय भिसा पाउनेको संख्या सबैभन्दा धेरै भारतीय छन् । भारतीय नागरिक २० हजार १४८ जनाले आवासीय भिसा प्राप्त गरेका छन् भने दोस्रोमा फिलिपिन्सका १३ हजार ८६६ जनाले पाएका छन् । यस्तै तेश्रोमा दक्षिण अफ्रिका १० हजार ३१४ तथा चौथोमा चीनका ७ हजार ४३७ जनाले यस्तो भिसा पाएका छन् । यस्तै पाँचौंमा बेलायतका ४ हजार ९३२ जनाले आवासीय भिसा पाएका छन् ।
तथ्यांक स्रोत : बाबुराजा महर्जन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई