शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

न्युजील्याण्डको आवासीय भिसा प्राप्त गर्नेमा नेपालीहरु १२ औं स्थानमा

आइतबार, ०१ साउन २०७९, ११ : २२
आइतबार, ०१ साउन २०७९

न्युजील्याण्डको आवासीय भिसा प्राप्त गर्नेमा नेपालीहरु १२ औं स्थानमा रहेका छन् । न्युजील्याण्ड सरकारको अध्यागमन विभागमा संकलित तथ्यांक अनुसार सन् २०२१ जुलाई देखि २०२२ जुनसम्मको अवधिमा ११७९ जना नेपालीले आवासीय भिसा प्राप्त गरेका हुन् । 

यो बीचमा १४३ देशका नागरिकहरु मध्ये ८६ हजार १६० जनाले न्युजील्याण्डको आवासीय भिसा प्राप्त गरेका छन् । जसमा आवासीय भिसा पाउनेको संख्या सबैभन्दा धेरै भारतीय छन् । भारतीय नागरिक २० हजार १४८ जनाले आवासीय भिसा प्राप्त गरेका छन् भने दोस्रोमा फिलिपिन्सका १३ हजार ८६६ जनाले पाएका छन् । यस्तै तेश्रोमा दक्षिण अफ्रिका १० हजार ३१४ तथा चौथोमा चीनका ७ हजार ४३७ जनाले यस्तो भिसा पाएका छन् । यस्तै पाँचौंमा  बेलायतका ४ हजार ९३२ जनाले आवासीय भिसा पाएका छन् । 

तथ्यांक स्रोत : बाबुराजा महर्जन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप