बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी
आइतबार, ०१ साउन २०७९, ११ : १०
![बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी](https://rpcdn.ratopati.com/media/albums/hydropower-free-pik_37EtRQD9ch.jpg)
बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि साउन १ गते सम्ममा सेयरधनी बनिसक्नुपर्नेछ । १०० प्रतिशत हकप्रद निष्कासनका लागि कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । बरुणले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।
बोर्डले बरुणलाई १ः १ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ । कम्पनीले हाल कायम २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । यसमा एनआईबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो
-
बाँदरको बन्ध्याकरणका लागि ऐन, कानुन बनाउन विज्ञको सुझाव
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित
-
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न