बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्रि हुने सिमेन्ट, ११ करोड बोरा बिक्री

आइतबार, ०१ साउन २०७९, १० : ५६
आइतबार, ०१ साउन २०७९

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको छ । यससँगै शिवम् नेपालभरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । शिवम्ले स्थापनाकालदेखि असार मसान्तसम्मको अवधिमा ११ करोड बोरा बिक्री गर्दै नेपालकै सर्वाधिक सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो ।  

ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट कम्पनील एन. एस. क्वालिटी अवार्ड–२०१९ पुरस्कार पाएको थियो ।  शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ । 
ग्राहकको विश्वास र भरोसाले गर्दा नै शिवम् आज सर्वाधिक बिक्री हुने ओ.पि.सि. सिमेन्टको सूचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । 

“भरोसा अटुट सम्बन्धको”, “क्वालिटीको मामलामा नो कम्प्रमाइज”, “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ शिवम् सिमेन्ट्स अघि बढ्दै आएको छ । 
हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप