आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मोबाइल आयातमा झनै कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

आइतबार, ०१ साउन २०७९, १० : ४७
आइतबार, ०१ साउन २०७९

सरकारले मोबाइल आयातलाई झनै कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो ।

आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजारभन्दा माथि हुन आउँछ । सरकारले वैशाख महिनादेखि नै महँगा स्मार्टफोन आयातमा रोक लगाएको थियो । जुन, भदौ १४ गतेसम्मका लागि थप गरेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्मको अवधिमा नेपालले विदेशबाट ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको स्मार्टफोन आयात गरेको छ । यसअवधिमा ५५ लाख ८६ हजार सेट स्मार्टफोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप