शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बालुवाटारमा गभर्नर विरुद्ध प्रदर्शन गर्ने विद्यार्थीमाथि प्रहरीको धरपकड, तस्बिरहरू

आइतबार, ०१ साउन २०७९, १० : ४१
आइतबार, ०१ साउन २०७९

गभर्नर महाप्रसाद अधिकारी विरुद्ध काठमाडौँको बालुवाटारमा प्रदर्शन गरिएको छ । अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति 'राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र  गभर्नर हुनसक्ने  प्रावधान' विपरीत भएको खुल्न आएको भएको भन्दै  युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन्  ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप