बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने

आइतबार, ०१ साउन २०७९, १० : ०६
आइतबार, ०१ साउन २०७९

ललितपुरको महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेसँगै आफू निकट कर्मचारी हटाएको भन्दै राजनीतिक दलले विरोध जनाएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले १० वर्षदेखि काम गरिरहेका ४५ जना कर्मचारी निकालेको भन्दै विरोध भएको हो ।

एमाले महाँकाल गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले गाउँपालिकाले पार्टी हेरेर कर्मचारी हटाएको आरोप लगाए । उनले भने, हामी यो निर्णयको सशक्तप्रतिरोध गर्छौं । छिट्टै विरोधको कार्यक्रम सार्वजनिक हुन्छ ।’ नेकपा माओवादी गाउँपालिकाले अध्यक्ष बुद्ध नेगीले गाउँपालिकाले गरेको निर्णयमा आफूहरू बोलिनसकेको बताए । उनले भने, ‘काम गरिरहेका कर्मचारी हटाउँदा विरोध भएको  छ ।’

गाउँपालिकामा सूचना प्रविधि अधिकृतका रूपमा काम गरिरहेका माधव घिमिरेले आजबाट आफू कार्यालय नजाने बताए । गाउँपालिका अध्यक्ष गणेश केसीले छिट्टै सूचना प्रकाशित गरेर करारमा कर्मचारी भर्ना प्रक्रिया सुरु हुने बताए । उनले भने, विशेषज्ञ ल्याएर परीक्षा लिन्छौँ । प्रतिस्पर्धात्मक रूपमा भर्ना हुन्छ । ’

गाउँपालिकाले कृषि, भेटेनरी, ल्याब टेक्निसियन (मानिखेल अस्पतालका बाहेक),१० वर्षसम्म कार्यालय सहायकका रूपमा काम गरेका कर्मचारीको करार अवधि नथप्ने भएको हो । गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत,सब निञ्जिनियर,खानेपानी तथा सरसफाइ टेक्निसियन,आईएमएस अपरेटर, फिल्ड सहायक,उद्यम विकास सहजकर्ता, कानुनी सहजकर्ता बाहेकका कर्मचारीको करार अवधि थप नगर्ने गाउँपालिकाले जानकारी दिएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप