बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्या, २९ यौन दुर्व्यवहारका घटना

आइतबार, ०१ साउन २०७९, १० : ०१
आइतबार, ०१ साउन २०७९

रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी रामेछापका अनुसार ०७७ -०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार आत्महत्या गरेर ज्यान गुमाउनेमध्ये धेरैजसोको अहिले पनि कारण खुल्न सकेको छैन ।गत वर्ष विभिन्न प्रकृतिका १ सय ८८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ८९ वटा मुद्दाको फैसला भएको छ । ९९ वटा मुद्दा  फैसला हुन बाँकी रहेको छ । रामेछापका ८ वटा स्थानीय तहमा २६ वटा यौनजन्य अपराधका घटना प्रहरीमा उजुरी दर्ता भए ।–न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप