बाँके साक्षर जिल्ला घोषणा

बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।
साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ । साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए । बाँकेलाई साक्षर जिल्लाका रूपमा घोषणा गर्न पाउँदा धेरै खुसी लागेको भन्दै मन्त्री गहतराजले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
“बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न बाँकी छ”, उनले भने, “अझै ३.४४ प्रतिशत साक्षर हुन बाँकी छन्, त्यसैले सम्बन्धित सबैलाई पूर्ण साक्षर अभियानमा लाग्न आग्रह गर्दछु ।” उनले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै पालिकाहरूले आवश्यक बजेट विनियोजन गरी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए ।
बाँकेका ८ वटै पालीकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार कोहलपुर नगरपालिका ९६.४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको थियो । २०७६ सालमै साक्षर घोषणा भएको कोहलपुरले पुरस्कार स्वरूप ५० लाख रुपैयाँ प्राप्त गरेको थियो ।
त्यसैगरी खजुराले ९६.९९ प्रतिशत, जानकीले ९८.६७ प्रतिशत, राप्तीसोनारीले ९५.११ प्रतिशत, नरैनापुरले ९६.१९, बैजनाथले ९७.५ प्रतिशत, नेपालगञ्जले ९८.३९ प्रतिशत र डुडुवाले ९६.२५ प्रतिशत प्राप्त गर्दै साक्षर पालिका घोषणा भएका थिए । विभिन्न १२ वटा सूचकका आधारमा बाँकेका ८ वटा पालिकालाई साक्षर घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित