इकवालले गरे टी–ट्वान्टी क्रिकेटबाट सन्यासको घोषणा
आइतबार, ०१ साउन २०७९, ०९ : ३९
बंगलादेशका ब्याट्सम्यान तमिम इकवालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा ‘प्लेअर अफ दी सिरिज’ चुनिएका उनले टी–ट्वान्टीबाट सन्यास घोषणा गरेका हुन् ।
इकवालले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट सन्यासको जानकारी दिए । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो । त्यस लगत्तै उनले सन्यास घोषणा गरे । इकवाल एकदिवसीय क्रिकेटको भने कप्तान रहेका छन् । ३३ वर्षीय इकवालले पछिल्लो पटक २०२० मा जिम्बावेविरुद्ध टी–ट्वान्टी खेलेका थिए । इकवालले बंगलादेशका लागि ७८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । इकवाल अब एकदिवसीय र टेस्ट क्रिकेटमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान