आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

टेकस्टूडियोले दराज ब्रान्ड डे मनाउँदै

आइतबार, ०१ साउन २०७९, ०९ : १३
आइतबार, ०१ साउन २०७९

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ गन्तव्य दराजले ब्रान्ड डे सिरिजमा नेपालको एक प्रिमियम स्मार्टवाच र एसेसरिज कम्पनी टेकस्टूडियो का साथमा- हाईफ्यूचर, रिम्याक्स, एक्वाफिट र वीवुसहित साउन ३ गते विभिन्न उत्पादनहरूमा विशेष डिलहरू प्रदान गर्दै आफ्नो प्लेटफर्ममा अर्को ब्रान्ड अनावरण गर्ने भएको छ। ब्रान्ड डेमा स्मार्टवाचहरू, स्पिकरहरू, टीडब्लुएस इयरबडहरू, ल्यापटपका सामानहरू र अन्य धेरै ब्राण्डहरु उपलब्ध हुनेछन्।

टेकस्टूडियो एक घरेलु नेपाली ब्रान्ड हो । उच्च गुणस्तरका ब्रान्डहरूको दायरा, त्यो पनि किफायती दरमा ल्याएर टेकस्टूडियो नेपालमा एक अग्रणी स्मार्टवेयर र एसेसरिज कम्पनी साबित हुँदैछ। टेकस्टूडियोका बजार प्रबन्धक रजील शाक्यले आफ्ना नियमित ग्राहकहरूलाई नयाँ अनुभव दिन र अनलाईनमासमेत टेकस्टूडियोका उत्कृष्ट उत्पादनहरू किन्न सहज बनाउन ब्रान्ड डे मनाउन लागेको जानकारी दिए। 

यो एक दिने ब्रान्ड डेको अवसरमा १९ जुलाई, २०२२ को मध्यरातदेखि २३:५९ सम्मको अवधिमा खरिदकर्ताहरूले दराजमा टेकस्टूडियोको उत्पादनहरूमा ५१%  सम्म छुट, उत्पादनहरूमा निःशुल्क डेलिभरी, रोमाञ्चक कलेक्टेबल भौचरहरू प्राप्त गर्न सक्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप