सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सेभियासँग टोटेनहमको बराबरी

आइतबार, ०१ साउन २०७९, ०९ : ०२
आइतबार, ०१ साउन २०७९

स्पेनिस क्लब सेभियासँग प्रिमियर लिग क्बल टोटेनहमले बराबरी खेलेको छ । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहम र सेभियाले १–१ गोलको बराबरी खेलेका हुन् ।

दक्षिण कोरियामा शनिबार भएको मैत्रीपूर्णमा खेलमा सुरुआती अग्रता भने टोटेनहमले बनाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको ५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । यता सेभियाका लागि खेलको ६४ औं मिनेटमा इभान राकिटिचले गोल गर्दै सेभियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप