स्कटल्यान्डसँग खेल्दै नेपाल

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ । सिरिजअन्तर्गत दुई खेलमा पराजित नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ ।
घरेलु टोली स्कटल्यान्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजको अन्त्य गर्ने योजनामा छ । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्न चाहन्छ ।
यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । आजको खेलमा जित निकाले नेपाल तालिकाको पाँचौँ स्थानमा उक्लने छ। यता स्कटल्यान्ड आजको खेलमा नेपाललाई हराउँदै पहिलो हारको बदला लिने दाउमा हुनेछ । स्कटल्यान्ड आजको खेलमा जित निकाल्दै सिरिजको अन्त्य गर्ने योजनामा छ ।
नेपालले सिरिजमा नामिबियासँग दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपाल लिग टू को अङ्क तालिकाको छैटौं स्थानमा छ । नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २३ खेलमा ३२ अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त