सुरु भयो मेहेन्दी, पहेँलो हरियो चुरा-पोतेको मौसम (फोटोफिचर)
![सुरु भयो मेहेन्दी, पहेँलो हरियो चुरा-पोतेको मौसम (फोटोफिचर)](https://rpcdn.ratopati.com/media/albums/MC_jQFwwLbOre.jpg)
साउन सुरु भएसँगै बजारमा हातमा मेहेन्दी लगाउने र पहेँलो र हरियो चुरा- पोते किन्नेको भीड लागेको छ । भगवान् शिवको आराधना गरिने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा-पोते तथा हातमा मेहेन्दी लगाउने गर्छन् ।
पोते र मेहेन्दी लगायो भने पतिको दीर्घायु बढ्छ भन्ने विश्वास छ । 'अविवाहितहरूले भने शिव जस्तै पति पाउँछन् भन्ने जनविश्वास रहेको छ त्यसैले म पनि मेरो पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै साउन महिनाको सोमबार व्रत बस्ने छु । मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भनेर हामीलाई सानैदेखि सिकाउनु भएको थियो त्यसैले पनि यसलाई अनुसरण गर्दै आएका छौँ,' काठमाडौँको नयाँ सडकमा मेहेन्दी लगाउँदै गरेकी कविता शर्माले रातोपाटीलाई भनिन् । नयाँ सडकको विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेको पोते पसलमा महिलाहरूको उल्लेख भीड लाग्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार