शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

आयकरको सीमा वृद्धि, अब कसले कति तिर्नुपर्छ ?

आइतबार, ०१ साउन २०७९, ०७ : ५७
आइतबार, ०१ साउन २०७९

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले बढाएको आयकरको सीमा साउन १ गतेदेखि कार्यान्वयनमा आएको छ ।  नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । त्यस्तै विवाहितको हकमा ६ लाख रुपैयाँसम्म आयकर लाग्दैन । यद्यपि आफ्नो आम्दानीको एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ । 

यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपैयाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । वार्षिक २० लाख रुपैयाँभन्दा माथिको आम्दानी हुने अवस्थामा भने ३६ प्रतिशत आयकर तिर्नुपर्छ । 

विवाहितको हकमा ६ लाखदेखि आठ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था छ । आठ लाखदेखि ११ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ । २० लाखभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप