नागरिक लगानी कोषले बढायो ब्याजदर
आइतबार, ०१ साउन २०७९, ०७ : ५१
नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो । जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ दशमलव ५ प्रतिशत कायम गरेको छ ।
आवास कर्जा र शैक्षिक कर्जामा पनि ब्याजदर बढाएर १०र१० प्रतिशत तोकिएको छ । सरल कर्जा र सवारी कर्जामा समान १० दशमलव ५ प्रतिशत ब्याजदर पुर्याइँदा उपदान योजना कोष, लगानीकर्ता अवकाश कोष र राष्ट्रसेवक कर्मचारी सावधिक जीवन बिमा कोषको ब्याजदर भने समान ७ दशमलव ५ प्रतिशत तोकिएको सूचनामा उल्लेख छ ।
८० प्रतिशत सापटी लगानीकर्ता अवकाश कोषमा ९ दशमलव ५ प्रतिशत ब्याजदर तोकिँदा नागरिक एकांक योजनाको ब्याजदर ९ प्रतिशत तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान