बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गभर्नर अधिकारीको राजीनामा माग्दै बालुवाटार घेराउ गरिँदै

आइतबार, ०१ साउन २०७९, ०६ : १९
आइतबार, ०१ साउन २०७९

 सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल(क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा  प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल(क्रान्तिकारी)ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।

आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटमा  जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने  कार्यक्रम रहेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने पनि मैनालीले बताए ।  गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति 'राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र  गभर्नर हुनसक्ने  प्रावधान' विपरीत भएको खुल्न आएको भएको भन्दै  युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन्  ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिवार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप