सेयर बजारमा उतारचढावको वर्ष
आर्थिक वर्ष २०७४/०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अङ्कले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७४/०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो।
२०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य तरलताको दबाब परेसँगै घट्न थालेको हो। लगानीकर्ताहरु भने मौद्रिक नीतिका कारण सेयर बजार घटेको बताउँछन् । मौद्रिक नीतिले ४/१२ करोडको नीति लिनु, सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्नु तथा रिस्क वेटेज एभरेज पनि १०० बाट १५० बनाउनुका कारण सेयर बजार घटेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्दा बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य तरलता सकेका कारण पनि बजारमा सिँचाइ हुन नसकेको उनको भनाइ छ। साथै, रिस्क वेटेज बढाएर १०० बाट १५० बनाएका कारण पनि सेयर बजारमा लगानीकर्ता हतोत्साही बनेको उनको भनाइ छ । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा एमाले उम्मेदवार बोहोरा सवार गाडी तोडफोड
-
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना