बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

शनिबार, ३२ असार २०७९, २१ : ३४
शनिबार, ३२ असार २०७९

इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चारवटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ ।

उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् ।  प्रहरी प्रवक्ता अहमद मुस्ताफा कमलले आक्रमण देशको एक पृथकतावादी समूहले गराएको दावी गर्दै भने, “आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

प्रान्तीय प्रहरी प्रवक्ता कमलका अनुसार इन्डोनेसिया सरकारले ‘आपराधिक सशस्त्र समूह (केकेबी) ले जिल्लाका चार स्थलमा छुट्टाछुट्टै आक्रमण गरेको थियो ।    आक्रमणमध्ये एउटा ट्रकमा सवार रहेका स्थानीयलाई करिब २० जनाको सशस्त्र हतियारधारी जत्थाले गोली हानी केही व्यक्तिको हत्या गरेको हो भने अन्य दुई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप