लन्डनमा इतिहासकै अत्यधिक गर्मी, सरकारद्वारा 'रेड अलर्ट' जारी

person explore access_timeअसार ३२, २०७९ chat_bubble_outline0

बेलायती इतिहासमै योपटक यहाँ सबैभन्दा बढी तापक्रम हुने बताइएको छ । आउँदो सोमबार र मंगलबार लन्डन आसपासका क्षेत्रमा ४० डिग्री भन्दा बढी तापक्रम हुने अधिकारीहरूले बताएका छन् । अत्यधिक तापक्रमका कारण हुने मृत्युलाई कम गर्न सबैलाई सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।


बेलायतमा  ‘रेड अलर्ट’ जारी गरिएको छ भने, राष्ट्रिय आपत्कालको घोषणा गरिएको छ । गर्मीका कारण धेरै मानिसहरूको मृत्यु हुन सक्ने अनुमान गरिए पनि वास्तविक आँकडा दिन भने यूके हेल्थ सेक्युरिटी एजेन्सीका प्रमुख वैज्ञानिक प्रोफेशर ओलिभरले अस्वीकार गरेका छन् ।



बेलायती प्रधानमन्त्रीको कार्यलयल डाउनिङ स्ट्रिटमा आज आपत्कालीन बैठकको आयोजना गरिएको छ । सोमबार र मंगलबार लन्डन, म्यानचेस्टर र योर्कलगायतका क्षेत्रमा मेट अफिसले ‘रेड अलर्ट’ चेतावनी जारी गरेको छ । मौसम भविष्यवाणी प्रविधि स्थापना भएयता यो नै पहिलोपल्ट अत्यधिक गर्मीको चेतावनी जारी गरिएको मेट अफिसले उल्लेख गरेको छ । अत्यधिक गर्मीका कारण ज्यानको खतरा हुनुका साथै गम्भीर प्रकृतिको रोगको समेत जोखिम हुनसक्ने बताइएको छ । मानिसहरूले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउन सक्ने, मोबाइल फोनको नेटवर्कमा समस्या आउन सक्ने तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाइ हुनसक्ने चेतावनी जारी गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ ।  



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।