सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी

शनिबार, ३२ असार २०७९, १९ : ३३
शनिबार, ३२ असार २०७९

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आ.व.२०७८/७९ को लागि तोकिएको राजस्व लक्ष्य भन्दा बढी सङ्कलन गर्न सफल भएको छ। भन्सार विभागले यस कार्यालयको लागि चालु आ.व.मा राजस्व सङ्कलनको लक्ष्य रु. २३ अर्ब १५ करोड तोकिदिएको थियो। कार्यालयको अभिलेख अनुसार आर्थिक वर्षको अन्तिम दिनसम्म आइपुग्दा कूल राजस्व असुली रु. २३ अर्ब ७५ करोड पुगेको छ, जुन लक्ष्यको तुलनामा १०२.६ प्रतिशत हो। 

कार्यालयले गएको चार वर्ष पश्चात् पहिलो पटक आफ्नो लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो। यस भन्दा पूर्व आ.व.२०७४/७५ मा लक्ष्यको तुलनामा १००.१ प्रतिशत राजस्व सङ्कलन भएको थियो भने बीचका ३ आर्थिक वर्षमा लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन सकेको थिएन। साथै गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व.को राजस्व असुली ३६.१२ प्रतिशतले वृद्धि भएको छ जुन समग्र राष्ट्रिय राजस्व वृद्धिको तुलनामा समेत बढिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप