शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय सरकारमा महिला–पुरुष दुई प्रमुख हुनुपर्ने माग

शनिबार, ३२ असार २०७९, १९ : ००
शनिबार, ३२ असार २०७९

नेकपा माओवादी समाजवादीले गुम्दै गाएको महिला अधिकार र जनयुद्धबाट प्राप्त उपलब्धिहरू रक्षाको लागि स्थानीय तहमा महिला र पुरुषको समान अधिकार सहितको दुई प्रमुख पदको सिर्जना गर्नु पर्ने नयाँ अवधारणा अगाडी सारेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टी अध्यक्ष कर्णजित बुढाथोकीले जनयुद्धमा महिलाहरूको पुरुष समान ठूलो बलिदानीबाट प्राप्त  वर्तमान उपलब्धिहरूमा सयर गर्ने सत्तासीनहरूले उनीहरूको अधिकार कटौती गरेको आरोप समेत लगाएका हुन् ।  

सो पार्टी निकट अनेम संघ(क्रान्तिकारी)द्वारा आयोजित कार्यक्रममा वक्ताहरूले महिलाहरूलाई कार्यकारी जिम्मा दिँदा चुस्त–दुरुस्त, पारदर्शी र इमानदारितापूर्ण तवरले कार्य सम्पादन हुने भएकाले समान अधिकारको पद सिर्जना गर्नुपर्ने माग गरेका छन् । नेत्रविक्रम चन्द निकट अनेम संघ(क्रान्तिकारी) अध्यक्ष बन्दु चन्दले जनयुद्ध र १९ दिने जन आन्दोलन मार्फत समावेशी र समानुपातिक प्रतिनिधित्व स्थापित भएकोले, त्यही अनुसार नयाँ संविधानमा पनि उल्लेख गरिएको तर कार्यान्वयन फितलो भएकोमा आक्रोष व्यक्त गरिन् । अध्यक्ष चन्दले पहिलो संविधान सभामा महिलाहरूको सम्मानजनक उपस्थिति भए पनि पछि बिस्तारै परिवर्तनकारी शक्ति कमजोर हुँदै गएसँगै दोस्रो स्थानीय तहको चुनावसम्म आइपुग्दा संविधानमा उल्लेखित विषय पनि उल्लङ्घन भएको बताइन् । 

पूर्व सांसद अंदाबा शेर्पाले माओवादी समाजवादीले अख्तियार गरेको नयाँ अवधारणा नितान्तरुपमा अत्यावश्यक भएको र यस विषयमा भएको छलफलको आजको दिन ऐतिहासिक भएको समेत बताइन् । शेर्पाले महिला अधिकार, समावेशी र समानुपातिक विषय राष्ट्रिय बहसको विषय बाउन जरुरी भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप