बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ललितसँगको सम्बन्धबारे सुष्मिता : न त विवाह भएको छ, न कुनै इन्गेजमेन्ट, मात्र निःशर्त प्रेम

शनिबार, ३२ असार २०७९, १८ : १९
शनिबार, ३२ असार २०७९

बलिउड अभिनेत्री सुस्मिता सेनसँग ललित मोदीको सम्बन्धको घोषणा भएको एक दिनपछि अभिनेत्रीको प्रतिक्रिया सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आफ्ना दुई छोरीसँगको तस्बिर सेयर गर्दै सुस्मिताले आफू निकै खुसी रहेको तर अहिलेसम्म विवाह नगरेको बताएकी छन् । यति स्पष्टीकरण पर्याप्त हुने उनले लेखेकी छन् । 

तस्बिर सेयर गर्दै सुस्मिताले लेखेकी छिन्, म धेरै खुसी छु । यहाँ न विवाह छ न सगाई, केवल बिना शर्त प्रेम । मलाई लाग्छ यो स्पष्टीकरण पर्याप्त हुनेछ, अब हामी आफ्नो काम र जीवनमा फर्कौँ । सधैँ मेरो खुसीमा सामेल हुनुभएकोमा धन्यवाद र खुसी नहुने तपाईंलाई फरक पर्दैन । तपाईंहरु सबैलाई धेरै धेरै माया।

एक तस्वीर र इन्गेजमेन्टको अनुमान

सुस्मिता सेनसँगको सम्बन्धलाई बाहिर ल्याएपछि ललित मोदीले बिहीबार सामाजिक सञ्जालमा अभिनेत्रीसँगका केही तस्बिर पनि सेयर गरेका छन् । तिनमा सुस्मिताको हातमा औँठी पनि देखिएको छ । त्यसलाई कतिले इन्गेजमेन्ट औँठी भएको अनुमान गरे ।

मोदीले गरेका थिए सम्बन्धको घोषणा

बिहीबार साँझ मोदीले आफ्नो ट्वीटर अकाउन्टमा सुष्मितासँगका केही तस्बिरहरू सेयर गरेर दुई बीचको सम्बन्धको आधिकारिक घोषणा गरेका थिए । ट्विटमा उनले अभिनेत्रीलाई आफ्नो ‘बेटर हाफ’ भनेका छन् । 

ललित मोदीले उनको इन्स्टाग्राम एकाउन्टमा पनि प्रोफाइल तस्वीर परिवर्तन गरेर सुस्मितासँगको पोटो राखेका छन् । मोदीले यसमा सुस्मिताको इन्स्टा अकाउन्ट पनि ट्याग गरेका छन् ।

बायोमा मोदीले लेखेका छन् – ‘अन्ततः नयाँ जीवनको सुरुवात, अपराधमा साझेदार, सुस्मिता सेनसँग ‘मेरो प्रेम’ । ’

सुस्मिताको नाम अहिलेसम्म धेरै मानिससँग जोडिएको छ । अभिनेत्रीको ११ जनाभन्दा बढीसँग अफेयर रहेको सार्वजनिक नै भए । गत वर्ष डिसेम्बरमा सुस्मिताको उनीभन्दा १६ वर्ष कान्छा प्रेमी रोहमन शालसँग उनको ब्रेकअप भएको थियो । 

रोहमनअघि सुस्मिताको नाम विक्रम भट्ट, रणदीप हुड्डा, वसीम अकरम, सञ्जय नारंग, बंटी सजदेहहरुसँग जोडियो । .

मोदीसँग १२ वर्ष पुरानो मित्रता

ललित मोदीसँग सुस्मिताको सम्बन्ध १२ वर्षभन्दा पुरानो हो । इटालीको फ्लोरेन्समा व्यापारी सज्जन जिन्दलकी छोरी तन्वी जिन्दलको बिहेमा उनीहरुको पहिलो भेट भएको थियो । पाहुनाहरु बसेको होटलमा यी दुई पटक पटक सँगै देखिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप