मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो ।
महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, नोबेल शिक्षण अस्पतालको कम्पाउन्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको साथबाट नम्बर नखुलेको एउटा १ सय ५० सिसीको मोटरसाइकलसँगै, को ६ प ६८०२ र प्र १–०१०–१३ प ४५०७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको हो ।
पक्राउ परेका चार जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा ५ दिने म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन