सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी

शनिबार, ३२ असार २०७९, १८ : ०१
शनिबार, ३२ असार २०७९

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नं १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो । 

आगलागीमा ८ क्विन्टल चामल २० क्विन्टल धान,  चना १ क्विन्टल, तोरी ४० किलो, साइकल १ थान, सिलिन्डर ३ थान (सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३ तोला र चाँदी ३ किलो डढेर नष्ट भएको स्थानीयले बताएका छन्।
एकैसाथ तीन सिलिन्डर पड्केर आगलागी हुँदा आगो निभाउने क्रममा तीन स्थानीय घाइते भएका छन् । घाइते हुनेहरूमा कारी दास, महेश यादव, धिरेन्द्र यादव रहेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप