पन्जाबको मुख्यमन्त्री निवास बाहिर आत्महत्याको प्रयास : एक युवकले स्प्रे पिए, अर्का झुन्डिए
पञ्जाब राज्यका मुख्यमन्त्री भगवन्त मानको संगरुरस्थित घरबाहिर दुई युवाले आत्महत्याको प्रयास गरेका छन् । एक युवकले विषालु स्प्रे पिएका थिए भने अर्काले झुण्डिने प्रयास गरेका थिए । स्प्रे सेवन गरेका युवकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । सोही क्रममा झुन्डिएका युवकलाई भने सँगै रहेका अन्य साथीहरुले तत्काल उद्दार गरेका थिए ।
यी युवाहरूले प्रहरी भर्तीका लागि नियुक्तिपत्र दिन मुख्यमन्त्रीको निवास बाहिर धर्ना दिइरहेका छन् ।
सन् २०१६–१७ को भर्ती
सन् २०१६–१७ मा पञ्जाब प्रहरीमा भर्ती भएको थियो । यस क्रममा युवाहरुको सबै प्रमाणीकरण पनि भइसकेको छ । अकाली सरकारको पालामा भर्ना भएपनि त्यसपछि बनेको काँग्रेस सरकारले ५ वर्षसम्म युवाहरुको कुरा सुनेन । अहिले ११ जना युवाहरु आफ्नो नियुक्ति पत्रको निर्णय गरिदिन मानको निवास बाहिर धर्ना दिइरहेका छन् । तिनले तत्काल नियुक्ति पत्र नदिए सबैले आत्महत्या गर्ने चेतावनी दिए ।
बेरोजगार धर्नामा बसेका छन्
प्रहरी भर्तीको पर्खाइमा रहेका यी युवाहरु मे १० देखि मुख्यमन्त्री निवास अगाडि धर्ना दिइरहेका छन् । विधानसभा चुनाव र पछि संगरुर लोकसभा उप चुनावको समयमा आम आदमी पार्टीले नियुक्तिपत्र दिने आश्वासन दिएको युवाहरुले आरोप लगाएका छन् ।
यसका बावजुद मान सरकारले उनीहरुको कुरा सुनुवाई गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब