सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन शाह सुन्ने मुडमा थिएनन् : केशव स्थापित

शनिबार, ३२ असार २०७९, १७ : ३१
शनिबार, ३२ असार २०७९

नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले बालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कहीं नपुग्ने सुझाव दिएका छन् ।

केही दिनअघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।

‘मेरो फोटो खिचेर, केशव स्थापित कहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन,’ स्थापितले भनेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो।’

स्थापितका अनुसार मेयर साह मिडियाका लागि भेटन आएको जस्तो देखिन्थे । ‘ यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो। यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु। मैले उसलाई सबैभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप