बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

वाम एकता जोगाउन नसकेकोमा आत्मालोचना गर्छु : नारायणकाजी श्रेष्ठ

शनिबार, ३२ असार २०७९, १० : ००
शनिबार, ३२ असार २०७९

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) द्वारा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले सधैंभरी असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यबद्धता हुनुपर्ने बताए ।

कार्यक्रममा श्रेष्ठले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा आक्रमण भइरहेको बताए । जब देशमा वामपन्थीहरु कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले वामपन्थीहरुलाई कमजोर बनाउन लागेको उनले बताए ।

श्रेष्ठले अब वामपन्थीहरुले कुनै न कुनै रुपमा एकताबद्ध हुनुपर्ने पनि बताए । उनले यसअघिको कम्युनिष्ट पार्टीहरूको एकतालाई जोगाउन नसकेकोमा आत्मालोचना पनि गरे । उनले कार्यक्रममा उपस्थित केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मालोचना गर्न आग्रह गरे । साथै अबको निर्वाचनमा तालमेल गरेर हुन्छ वा अन्य कुनै उपायबाट वाम एकता हुनुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप