शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन गर्दा कसैको पनि सिट जान सक्छ, सबै तयार रहौँ : खाँण

शनिबार, ३२ असार २०७९, १६ : ०७
शनिबार, ३२ असार २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आगामी चुनावमात्र नभएर धेरै पछाडिसम्मका लागि गठबन्धन आवश्यक रहेको जिकिर गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै खाँणले गठबन्धन बिना माओवादी चुनाव नलड्ने बताउँदै सो कुरा बताएका हुन् ।

उनले भने, 'गठबन्धन बिना माओवादी एकलै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजिहाल्छ । त्यसैले अहिले मात्र होइन धेरै पछाडिसम्म पनि गठबन्धनको आवश्यकता देखिन्छ । गठबन्धन भयो भने कसैको पनि सिट जान सक्छ  । यसका लागि सबै तयार रहनु पर्छ ।'

खाँणले पार्टी नेता शेखर कोइरालाले आफूमाथि सुराकी गरेको आरोपको पनि जवाफ फर्काएका छन् । गृहमन्त्रीसमेत रहेका खाँणले पार्टीले केन्द्रीय समिति बैठकमा बोल्दै सुराकीको नाममा पोलिटिकल स्टन्ट नगर्न सुझाएका हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप