शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

डुबानमा परेकालाई उद्धार गर्न प्रदेश प्रहरीलाई सवारी साधनसहितका सामग्री प्रदान

शनिबार, ३२ असार २०७९, १३ : ५१
शनिबार, ३२ असार २०७९

मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसाधन र बाढी तथा डुबानमा  परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरु सहयोग गरेको छ । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरी  कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाइकलसहितका सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी बाढी डुबानमा परेकाहरुको उद्धारका लागि मोटर बोट र जेनरल बोट, टेन्ट र त्रिपालसहितका सामग्री प्रदान गरिएको छ  । 

प्रदेशका  गृह तथा सञ्चारमन्त्री भारत साहले मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी मकसुद आलम खाँलाई उक्त समाग्री हस्तान्तरण गरेका थिए । गृह तथा सञ्चार मन्त्रालयका अनुसार ९ वटा भ्यान २ करोड ८५ लाख ६५ हजार र १२५ सीसीका २९ वटा मोटरसाईकल ५६ लाख ५१ हजारमा खरिद गरिएको छ । त्यसैगरी बाढी तथा डुबानजस्ता विपदमा उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको मन्त्रालयले  जनाएको छ । 

मधेश प्रदेश प्रहरीलाई शान्ति सुरक्षालाई प्रभावकारी बनाई आम प्रदेशवासीको जनधनको रक्षाको तथा समाजमा शान्ति सुरक्षा कायम गर्न उक्त सामग्री प्रदान गरिएको मन्त्री साहले बताए । आगामी निर्वाचनलाई मध्यनजर गरेर ती सामग्री प्रदान गरिएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप