बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बाँकेमा एक वर्षमा २८१ फरार प्रतिवादी पक्राउ

शनिबार, ३२ असार २०७९, १३ : ४७
शनिबार, ३२ असार २०७९

बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ ।  विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९÷८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ । 

पक्राउ परेका ज्यान मार्ने उद्योग, लागुऔषध कारोबारी, जर्बजस्ती करणी, कुटपिट, ठगी मुद्दालगायतका रहेका छन् । उनीहरुबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र रु ५६ लाख ५३ हजार ८३५ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले फरार प्रतिवादीको सङ्ख्या अझै बढ्नसक्ने उल्लेख गर्दै फरार भएका प्रतिवादीमा अझै निगरानी बढाइएको बताए । उनले पक्राउ गरेका प्रतिवादीलाई अदालतमा हाजिर गराएर कारागार चलान गर्ने जानकारी दिँदै सीमाक्षेत्र भएकाले भारतमा गएर लुकेर बस्ने समस्या पनि देखिएको बताए । अदालतबाट तारेखमा छुटेर फैसला भएका पनि कतिपय फरार हुने गरेका छन् । यस्ता फरार प्रतिवादी ठूलो सङ्ख्यामा रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप