सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ

शनिबार, ३२ असार २०७९, १२ : ३८
शनिबार, ३२ असार २०७९

भरतपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकाश पाएका महिला स्वयंसेविकालाई बिदाइ गरिएको हो ।

भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वयंसेविकालाई बिदाइ गरिएको थियो । गत वर्षदेखि महानगरले महिला स्वयंसेविका कार्यको सम्मान गर्दै बिदाइ गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ ।

त्यस्तै प्रदेश सरकारले पनि बिदाइ गर्दा रु २० हजार दिने गरेको छ । बिदाइ कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रशंसा गरिन् । जनचेतना फैल्याउने कार्य स्वास्थ्य स्वयंसेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको मेयर दाहालको भनाई थियो । अवकाश पाएका स्वास्थ्य स्वयंसेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन उनले आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप