बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सले कुवेत उडान भर्ने

शनिबार, ३२ असार २०७९, १२ : ३४
शनिबार, ३२ असार २०७९

हिमालय एयरलाइन्सले कुवेतमा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ । निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति १० : ३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ९ः १७ बजे काठमाडौँ अवतरण गरेको थियो । 

उडान उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरूको उपस्थिति रहेको थियो । एयरलाइन्सले हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्नेछ । 

अरबी प्रायद्वीपको देश, कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो ।

यस सन्दर्भमा काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न पाउनु हिमालय एयरलाइन्सको लागि गर्वको कुरा भएको कम्पनीले जनाएको छ । कम्पनीका प्रशासनिक उपाध्यक्ष, विजय श्रेष्ठले भने, ‘हिमालय एयरलाइन्स एक प्रगतिशील वायुसेवा कम्पनी हो, जसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाडौँ– कुवेत–काठमाडौँ सेक्टरको सुरुवात पनि सोही भावना अनुरूप गरेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप