सात बुँदे मागसहित वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले गभर्नर बर्खास्ती, कोरोनाको जोखिम न्युनिकरण र महँगी नियन्त्रणलगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
आज वाईसीएलको केन्द्रीय कार्यालयको तर्फबाट सात बुँदे ज्ञापनपत्र बुझाउँदै राजनैतिक दलको सदस्यता लिएका तथा शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तुरुन्त बर्खास्त गरी छानबिन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।
त्यसैगरी संवैधानिक परिषद सम्बन्धि विधेयक फिर्ता लिन, हतियार खरिदको निर्णय फिर्ता लिन, महँगी नियन्त्रण गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
यस्तो छ वाईसीएलको सात बुँदे माग
१. राजनैतिक दलको सदस्यता, जिम्मेवारीमा रहि साथै शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नर एम अधिकारी (महाप्रसाद अधिकारी) लाई तुरुन्त बर्खास्त गरी छानबिन गरियोस ।
२. आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोकियोस् ।
३. संवैधानिक परिषद सम्बन्धि विधेयक तु फिर्ता लिइयोस् । संविधान माथिको हमला कुनै पनि कोणबाट स्वीकार्य छैन ।
४. सरकारले विपद व्यवस्थापन तथा आकस्मिक उद्धार साथै युवाहरुको क्षमता अभिवृद्धिका अनिवार्य तालिमको व्यवस्था गरोस ।
५. किसानलाई समयमै मल बिउको उपलब्ध गराइयोस् ।
६. विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गरियोस ।
७. सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गरि तुरुन्त नियन्त्रण गरियोस ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’