शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, १३ लाखभन्दा बढीको हात खाली

शनिबार, ३२ असार २०७९, १२ : ०३
शनिबार, ३२ असार २०७९

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आज बाँडफाँट भएको कम्पनीको सेयरमा आवेदन गरेका १३ लाख १३ हजार २५३ जनाको हात खाली भएको छ ।

१ लाख ३९ हजार ५०० जनाले १० कित्ताका दरले आईपीओ पाउँदा उक्त आवेदकको हात खाली भएको हो । कम्पनीले असार २४ गतेदेखि २९ गतेसम्म सेयर बिक्री खुलाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित १५ लाख कित्ता आईपीओमा आवेदन खुलाइएको थियो । जसमध्ये ३० हजार कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता सेयर छुट्याइएको थियो ।

उक्त आईपीओमा १४ लाख ५५ हजार ३८४ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८११ जनाको आवेदन रद्ध भएको थियो । बाँकी १४ लाख ५२ हजार ७५३ आवेदनमध्ये १ लाख ३९ हजार ५०० जनाले सेयर पाएका सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप