सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महाशक्ति राष्ट्रहरुको चलखेल बढयो : कमल थापा

शनिबार, ३२ असार २०७९, ११ : २८
शनिबार, ३२ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेको बताएका छन । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका थापाले संसदीय चुनाव नजिकिँदै जाँदा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताएका हु्न । 

‘संसदीय चुनाव नजिकिँदै जाँदा बाह्य शक्तिहरूको चलखेल बढेको छ, महाशक्ति आफनो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’ थापाले भनेका छन, ‘दिल्ली, बेइजिङ र वाशिङ्टनमा पानी पर्दा काठमाडौंमा छाता ओड्ने जमात खोज्दैछन्, राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ ।’ अध्यक्ष थापाले नेपाली जनता सचेत हुनुपर्ने भन्दै राष्ट्रवादी अझै जिउँदै रहेको उल्लेख गरेका छन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप