विपन्नको राहतमा दलीय भागबण्डा, विवादपछि झडप हुँदा १८ जना घाइते
![विपन्नको राहतमा दलीय भागबण्डा, विवादपछि झडप हुँदा १८ जना घाइते](https://rpcdn.ratopati.com/media/albums/Rahat-bibad.jpg_fgDV3prCeI.jpg)
राहत वितरणमा दलीय भागवण्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ । झडपका कारण १८ जना घाइते भएका छन् । नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा विपन्नहरुले पाउने राहतमा नवलपरासीका जनप्रतिनिधिहरुले दलीय आधारमा भागबण्डा गरेपछि विवाद उत्पन्न भएको हो ।
दलीय भागबण्डामा कसरा नमिलेपछि उत्पन्न विवादका कारण एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार घाइते १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ । दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
कोरोनाबाट प्रभावित अति विपन्नका लागि संघीय सरकारबाट गाउँपालिकाको वडा नम्बर ५ मा आएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन् । रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नं २) को कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरु रकम पाउनबाट बञ्चित हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन
-
मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सीआईबी
-
सुदूरपश्चिममा कांग्रेस र एमालेबिच मन्त्रालयको सङ्ख्या घटाउने सहमति
-
लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ
-
एआईको प्रयोगसम्बन्धी सरकारले पहिलोपटक तयार गरेको अवधारणा पत्रमा के छ ?
-
महामन्त्री ढकालको लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको चर्चा