मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

लेवान्डोस्की बार्सिलोना जाने

शनिबार, ३२ असार २०७९, १० : ५९
शनिबार, ३२ असार २०७९

जर्मन च्याम्पियन क्लब बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्की स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुने  भएका छन् । बार्सिलोनाले लेवान्डोस्कीलाई ४२.५ मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।

लेवान्डोस्की बार्सिलोनामा मेडिकल परिक्षणका लागि आइतबार स्पेन जानेछन् । बार्सिलोनामा लेवान्डोस्कीले तीन वर्षको सम्झौता गर्ने भएका हुन् । पोल्याण्डका स्टार खेलाडी लेवान्डोस्कीको बायर्नमा अझै एक सिजन सम्झौता बाँकी छ । सन् २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न म्युनिख आएका लेवान्डोस्कीले क्लबका लागि ३७५ खेल खेलेर ३४४ गोल गरेका छन् ।

युरोपका उत्कृष्ट पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा लेवान्डोस्की छन् । लेवान्डोस्कीले पोल्यान्ड राष्ट्रिय टोलीबाट १३२ खेल खेल्दै ७६ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप