संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढ्यो : कमल थापा
शनिबार, ३२ असार २०७९, ०८ : ०७

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा वाह्य शक्तिको चलखेल बढेको बताएका छन् । संसदीय निर्वाचन नजिकिँदै गर्दा वाह्य शक्तिको चलखेल बढेको थापाको भनाइ छ ।
शनिबार बिहानै सामाजिक सञ्जालमार्फत थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाए । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि थापाले औल्याएका छन् ।
सामाजिक सञ्जालमा थापा लेख्छन् - 'संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल 'कठपुतली' तयार गर्ने होडमा छन्। दिल्ली,वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?
-
ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै