शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढ्यो : कमल थापा

शनिबार, ३२ असार २०७९, ०८ : ०७
शनिबार, ३२ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा वाह्य शक्तिको चलखेल बढेको बताएका छन् । संसदीय निर्वाचन नजिकिँदै गर्दा वाह्य शक्तिको चलखेल बढेको थापाको भनाइ छ । 

शनिबार बिहानै सामाजिक सञ्जालमार्फत थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाए । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि थापाले औल्याएका छन् । 

सामाजिक सञ्जालमा थापा लेख्छन् - 'संसदीय ​ चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल 'कठपुतली' तयार गर्ने होडमा छन्। दिल्ली,वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप