लघुकथा : झिँगा
उसले सानै उमेरमा देशभक्तिको पाठ पढ्यो । गुरूले उसलाई देशप्रति वफादार बन्न र देशको हितमा काम गर्ने शिक्षा दिनुभयो । उसले मनमनै भन्यो, “आहा ! मेरो देश ! मेरो पुर्खाले बनाएको देश ।”
उसले जागीर खाने बेलामा कसम खायो, “म सदैव देशप्रति वफादार बन्नेछु । हर समय देशको प्रगतिको लागि काम गर्नुछ ।” उसको मन देशभक्तिले आकुल व्याकुल भयो । उसमा देशभक्तिको ज्वारभाटा उम्लिएर आयो ।
त्यस बेला उसले भन्यो, “आहा ! मेरो देश ! मेरो पसिनाले सिँचेको देश ।” जीवनमा सफलताका सिँढी चढ्दै गयो । प्रशासनिक पदमा पुगेपछि सारा मानिसलाई झिँगा देख्न थाल्यो । उसका छोराछोरी पनि पश्चिमा देश पुगिसकेका थिए ।
उसले अठोट गर्यो, “यहाँ बसेर के गर्नु ? म पनि लागेँ अमेरिका ।”
पीआरवाहक उसले देशले दिएको सम्मान, मानप्रतिष्ठा त्याग्यो । ऊ आफ्नी प्राणप्यारी र छोराछोरीलाई भेटन छट्पटायो । आफ्ना आफन्तको भेटपछि उसले भन्यो, “नेपाल पनि देश हो र ! यो पो देश । कति उन्नति, प्रगति अनि समृद्धि छ ।”
त्यसपछि उसले आकाशतिर हेर्दै चिच्याएर भन्यो, “आहा ! मेरो देश ! मेरो सपनाको देश ! मेरो समृद्धिको देश ! मेरो अमेरिका ! मेरी प्राणप्यारी र छोराछोरीले छानेको देश ।”
‘अनि तिमी जन्मेको देश नि ?” कसैले प्रश्न गर्यो ।
“त्यो भिँगाको देश, त्यहाँ बस्ने सब झिँगा हुन् । खान नपाएका, लाउन नपाएका, देशभक्तिको खोक्रो नारामा भुलेका अभागी झिँगाहरू ।”
अमेरिका पुगेको २ महिना मात्र भएको छ । उसको मनले भनिरहन्छ “म आफै यहाँ आएर झिँगा त भएको छैन ?”
धनगढी, कैलाली, हाल ः कीर्तिपुर, काठमाडौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू
-
भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातामा २४ उडान तर सञ्चालन खर्च धान्नै मुस्किल
-
फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती