शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पुष्पा भुसाल उपसभामुख बन्दा नेम्वाङ खुसी !

शुक्रबार, ३१ असार २०७९, २० : २५
शुक्रबार, ३१ असार २०७९

उपसभामुखमा काँग्रेस उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएपछि एमाले नेता सुवास नेम्वाङले खुसी व्यक्त गरेका छन् ।  शुक्रबार भएको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट भुसाल निर्वाचित भएकी थिइन् । 

उनी निर्वाचित भएपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले खुसी लागेको बताए । प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले भने ‘ढिलै भए पनि छोरी भयो, खुसी लागेको छ । नेम्वाङले अब मंसिरमा हुने निर्वाचन स्वस्थ हुनु पर्ने बताउँदै सबैले आफूलाई समीक्षा गर्नुपर्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप